आजदेखि संसदमा बजेटमाथि छलफल सुरु हुँदै
काठमाडाैं | जेठ २१, २०८०
काठमाडौं: संघीय संसदका दुवै सदनमा आजदेखि आगामी आर्थिक वर्षको बजेटबारे छलफल सुरु हुँदैछ ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि सुरु हुँदैछ भने राष्ट्रिय सभा बैठक १ बजेदेखि सुरु हुँदैछ ।
बैठकमा बजेटमाथि छलफल सुरु गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले पेस गर्ने र त्यसमाथि सदस्यहरूले धारणा राख्ने सम्भावित कार्यसूची रहेको छ ।
यसअघि राष्ट्रपति कार्यालयले पठाएको नागरिकता विध्यक प्रमाणीकरण भएको पत्र सभामुख देवराज घिमिरेले सुनाउने कार्यसूची छ ।
त्यसपछि, आजैदेखि चारदिनसम्म छलफल गर्ने र यही जेठ २५ गते अर्थमन्त्री महतले जवाफ दिएपछि बजेट पारित गर्ने योजना छ ।
अर्थमन्त्री महतले यही जेठ १५ गते संसदमा आर्थिक वर्ष २०८० र ०८१ को बजेट प्रस्तुत गरेका थिए ।
गत १७ गते प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण गएर शनिबार फर्किएपछि आजदेखि बजेटमाथि छलफल सुरु हुन लागेको हो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

